२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

Nada
२०८३ कार्तिक २७ गते २०:४३
Shares
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले तेस्रो जित निकालेको छ । शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन प्लेअफ नजिक पुगेको छ ।

चितवनको यस जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ । पोखरा एभेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए । कमिल मिश्राले १२, रवि बोपाराले १३ तथा कुशल मल्लले १५ रन बनाए । 

जनकपुरका लागि राहुल यादवले ३ विकेट लिए । उनले ३ ओभरमा १९ रन खर्चिए। ललित राजवंशीले २ तथा विशाल सुस्लिङले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २४ रन बनाए । यस्तै विशाल सुशलिङले १५ रन जोडे ।

चितवनका रञ्जित कुमारले ३ विकेट लिए । सिकन्दर राजा र कमिल मिश्राले २-२ विकेट लिए ।

laxmi recruitement

सम्बन्धित खबर