२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

गृहमन्त्री गुरुङ युएई आउँदै

Nada
२०८३ कार्तिक २७ गते २०:४६
Shares
गृहमन्त्री गुरुङ युएई आउँदै

दुबई : गृहमन्त्री सुधन गुरुङ तीनदिने औपचारिक भ्रमणका लागि आज संयुक्त अरब इमिरेट्स (युएई) आउँदै छन् । दुबईमा आयोजना हुने ‘वर्ल्ड पुलिस समिट’ मा सहभागी हुन उनी नेपालबाट युएई प्रस्थान गरिसकेको मन्त्रीको सचिवालयले जनाएको छ । उक्त समिटमा नेपालबाट पहिलोपटक मन्त्रीस्तरीय सहभागिता हुन लागेको हो ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास तथा दुबईस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, शनिबार अबुधाबीमा युएईका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । भ्रमणका क्रममा यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, युएईले जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर