काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद भएको छ । हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय चिनियाँ नागरिक लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो ।
त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भन्सार चेकजाँचका क्रममा उनी पक्राउ परेको जानकारी दिए । अवैध सुनसहित नियन्त्रणमा लिइएका चिनियाँ नागरिकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies