काठमाडौं : गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।
आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै ओडकी श्रमतीले गत २० गते जाहेरी दिएकी थिइन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनले ओडविरुद्ध जाहेरी दिएकी हुन् । त्यसपछि अदालतले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नेपाल आइडल सिजन-२ का विजेतासमेत रहेका गायक ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । ओडको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies