काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए ।
यसैबीच महासंघका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies