काठमाडौं : कुमारी बैंकले ‘नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी’ अभियान शुरु गरेको छ । आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले सो अभियान शुरु गरेको हो ।
यस अभियानअन्तर्गत ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी पाँच सय रुपैयाँको टपअप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशालीले आइफोन १५ जित्न सक्नेछन् । सो अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्नुपर्ने हुन्छ । यो अभियानको अवधि वैशाख १ देखि ३१ गतेसम्म रहेको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies