मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : कोरोना महामारीसँगै ठप्प बनेको घरजग्गाका कारोबार बिस्तारै बढ्न थालेको छ । अर्थतन्त्रमा मत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेपछि अर्थतन्त्रमा नै सकारात्मक सञ्चार पैदा भएको ब्याख्या हुन थालेको छ ।
नेपाली अर्थतन्त्रमा पछिल्ला २ वर्ष भएको मन्दी चर्चामा घरजग्गाको मुख्य भूमिका रहेको अर्थविद्हरू बताउँछन् । अर्थविद् लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘राजस्व संकलनका हिसाबले त्यतिठूलो नभए पनि नेपालको औपचारिक अर्थतन्त्रमा अनौपचारिक तरिकाले खेल्ने घरजग्गा क्षेत्र नै हो ।’ उनको बुझाइमा नेपाली बैंक तथा वित्तीय क्षेत्रको पूँजीको सबैभन्द्या ठूलो हिस्सा चलाउने क्षेत्र नै घरजग्गा भएकाले अर्थतन्त्रमा घरजग्गाको ठूलो योगदान छ ।
‘कोरोना महामारीपछि लामो समय बैंकिङ बजारमा तरलताको उच्च संकट भयो । त्यो रकमको अधिकांश हिस्सा घरजग्गामा गएर फस्यो ।’ निरौला भन्छन्, ‘अनि अहिले बजारमा अधिक तरलता छ । यसको अर्थ पनि घरजग्गामा पहिलाजस्तो लगानी छैन । यसले ठेयाक्कै थाहा हुन्छ । हाम्रो वित्तीय क्षेत्र चलाउने नै घरजग्गाले हो ।’
ऋर्थतन्त्र नै घरजग्गामा निर्भर हुँदा निकट भविष्यमा समस्या आउन सक्नेतर्फ पनि उनले चिन्ता ब्यक्त गरेका छन् ।
तथ्यांकमा घरजग्गा कारोबार
चालू आर्थिक वर्षको तीन त्रैमासिकमा घरजग्गा कारोबारमा केही सुधार भएको देखिन्छ । जसका कारण सरकारको राजस्व संकलनमा पनि वृद्धि भएको छ । चैत महिनामा तीन अर्ब ९४ करोड ८१ लाख रूपैयाँ संकलन भएको तथ्यांक छ । भूमी व्यवस्था तथा अभिलेख विभागको तथ्यांअनुसार पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै बmमशः राजस्वमा पनि वृद्धि भएको छ ।
गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ संकलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व संकलन भएको थियो ।
यसरी चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपियाँले बढेको रुपियाँले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा ३५ करोडले राजस्व वृद्धि भएको देखिन्छ ।
चैत महिनामा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने पाँच हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संशोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसै गरी २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँट भएको छ । घरजग्गाको कारोबारमा सामान्य सुधार भएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
चालू आर्थिक वर्षका ९ महिनामा सरकारले देशभरीका मालपोत कार्यालयबाट २९ अर्ब १९ करोड ३६ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गरेको हो ।
देशभरीका १ सय ३१ वटा मालपोत कार्यालयबाट भएको कारोबारमा रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकरबापत, सेवा करबापत विलम्ब शुल्क लगायतका अन्य विभिन्न सेवामार्फत राजस्व संकलन हुने गर्छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
नेपालमा घरजग्गासम्बन्धि कारोबारहरु पुरै अनौपचारिक माध्यमबाट हुने गरेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले ९९.९७ प्रतिशत रियल इस्टेटसम्बन्धि कारोबार अनौपचारिक रहेको देखाएको हो ।
घरजग्गा अनौपचारिक अर्थतन्त्रमा
ग्त वर्षको उक तथ्यांकले नेपालमा ०.३ प्रतिशतमात्र घरजग्गासम्बन्धि कारोबार मात्रै औपचारिक माध्यमबाट हुने गरेको पाइएको छ ।
ऋनौपचारिक अर्थतन्त्रको चर्चा भइरहेको बेला सबैभन्दा धेरै अनौपचारिक कारोबार हुनेमा रियल इस्टेट तथा घरजग्गा क्षेत्र पहिलो बनेको छ । लाइसेन्स लिएका कम्पनीहरूले निकै कम मात्रै कारोबार गर्ने गरको छ । व्यक्तिगत रुपमा बढी घरजग्गा सम्बन्धि कारोबार हुने गरेको छ ।
प्द्धिछल्लो एक तथ्यांमअनुसार हाल जीडीपीमा घरजग्गा क्षेत्रले लगभग १० प्रतिशत योगदान दिएको छ । राष्ट्रिय लेखा बिधिअनुसार आर्थिक वर्ष २०१०/०११ देखि २०२०÷०२१ सम्म औसतमा ४२.६६ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies