२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

shivam cement
मध्यान्ह
२०८१ असोज ८ गते १४:४२
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं : श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईको संसदीय सुनुवाइ सकिए पनि प्रमाणपत्र विवादका कारण नाम अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन ।

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएका हुन् ।

सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ । उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन् ।

भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise