काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।
क्विक पेको ३७७० एटिएमका साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढि एजेन्टहरु र मेगा बैंकको १०२ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।
नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies