काठमाडौँ : मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका-८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएको समयमा हात्तीले अमिनालाई आक्रमण गरेको हो । हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।