चितवन : चितवनको भरतपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट मलंगवा सर्लाहीतर्फ जांदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो ।
घाइतेहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुईजना भने सामान्य उपचारपछि घर फर्केका छन् । गएराती सवा १२ बजे बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies