काठमाडौं : सांसद मोहम्मद अफताव आलम प्रहरीद्वारा पक्राउ गरिएको विषयमा संसद सचिवालयले सूचना प्रकाशन गरेको छ । सचिवालयले प्रतिनिधिसभा नियमावलीको नियम २४४ बमोजिम सोमबार सूचना टाँस गरेको हो ।
यो सुचना प्रकाशन भएसँगै अफताव आलम सांसदबाट निलम्बनमा परेका छन् । आलमलाई हत्या आरोपमा प्रहरीले आइतबार रौतहटबाट पक्राउ गरेको थियो । उनीमाथि इँटा भट्टामा जिउँदै मान्छे जलाएर हत्या गरेको आरोप छ । हत्या गरेको आरोप लागेको झण्डै १२ वर्षपछि आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies