काठमाडौं : बी एण्ड आर कप टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली महिला टोली मलेसियासँग पराजित भएको छ । साँघाईमा आज विहान भएको खेलमा मलेसियाले नेपाललाई पाँच विकेटले हराएको हो ।
नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले बीस ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । मलेसिया कि मास एल्सा यास्मिनले ५८ रन जोडिन । नेपाल कि लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले एक–एक विकेट लिए ।
शुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरीले ३७, कविता कुँवर र लक्ष्मी साउदले समान १९–१९ रन जोडे । डली भट्टले १६ रन बनाईन । मलेसियाका लागि नुर अब्दुल समादले २ विकेट लिईन् ।
प्रतियोगिताका चार खेलमध्ये नेपालले दुईमा जीत र दुईमा हार ब्यहोरेको छ । पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको नेपालले दोस्रो खेलमा चीन र तेस्रो खेलमा म्यानमारलाई हराएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies