काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा काठमाडौं लैनचौरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
‘रगतदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदानजस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व भएको बताए । साथै, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे ।