२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

उदयपुरमा लागूऔषधसहित युवक पक्राउ

shivam cement
बिन्द्र राई
२०८२ भदौ १ गते २१:०६
उदयपुरमा लागूऔषधसहित युवक पक्राउ

उदयपुर : उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका–७ हाडेबासस्थितमा चेकजाँच गर्ने क्रममा २०७ एम्पुल लागूऔषध ४ वटा सिरिन्जसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । राउतको साथबाट बुप्रिनोर्फिन ६८ एम्पुल, डाइजेपाम ७२ एम्पुल, प्रोमेथाइजिन ६७ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागूऔषध र ४ वटा सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise