काठमाडौं : छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७५।०७६ कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ४४ प्रतिशत लाभांश मंसिर ३ गते मंगलबार राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
लघुवित्तको भदौ २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश अब लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् । हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies