एजेन्सी : हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोकपमा छनोट हुन सफल भएको छ । छनौट चरण अन्तर्गत समूह ई मा रहेको वेल्सले मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा युरोकप यात्रा निश्चित गरेको हो ।
छनोट हुनका लागि जित्नै पर्ने दबाबकाबीच घरेलु मैदानमा भएको खेलमा वेल्सलाई २ गोल गरि आरोन राम्सीले जीत हात पारे । उनले १५ औ मिनेटमा पहिलो गोल गरेका थिए भने ४७ औ मिनेटमा दोस्रो गोल थपे । जितपछि ८ खेलबाट १४ अंक जोडेको वेल्स समूह उपविजेता बनेको हो ।
यसैबीच अर्को वर्ष हुने युरो कपका लागि पहिलो चरणको छनोट खेल सकिएका छन् । छनोट चरणका दश समूहबाट विजेता र उपविजेता छनोट भएका हुन् । युरो कपमा २४ टिमले सहभागिता जनाउँदैछन् । २० टिम छनोट हुँदा चार स्थान बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies