श्रीलंका : श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति निर्वाचनसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजिनामा दिएपछि राष्ट्रपति गोताभायाले दाजुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म जिम्मेवारी सम्हाल्नेछन् । श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुन लागेको छ । महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । श्रीलंकामा दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies