काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले उपचारका क्रममा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला बिहीबार क्वारेन्टाइनमा आत्महत्या गरेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ ।
उनी स्थानीय एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले क्वारेन्टाइनभित्रको बाथरुममा झुण्डिएर नेपाली कामदारले ज्यान गुमाएको बताए ।
बहराइनमा शुक्रबार साँझसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित अन्य दुई जनाले छतबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।
राजदूत सुन्दासले बहराइनमा हालसम्म संक्रमित ३ सय ३१ जना नेपाली मध्ये धेरैजसो उपचार पछि निको भइसकेको भन्दै संक्रमितको उपचार राम्रो र विश्वसनीय रहेकोले आत्तिने अवस्था नरहेको भन्दै सतर्क भई बस्न नेपाली समुदायलाई आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies