काठमाडौंः वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ साइट वान एक्स बेटमार्फत गैरकानुनी बेटिङ गराउने गिरोहका ६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङरहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए ।
उनकाअनुसार उनीहरुले नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रुपैयाँ साइप्रस पुर्याएको खुलेको छ ।
पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सय वटासम्म सिमकार्ड बोकेको पाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies