दिलमाया शाही/मध्यान्ह
जुम्ला : नेकपा (माओवादी केन्द्र) जुम्लाले स्थानीय तह सञ्चालन, संयोजन समिति गठन गरेको छ । माओवादी केन्द्र जुम्लाको बैठकले स्थानीय तहमा विकास निर्माण कामहरु प्रभावकारी रुपमा भए÷नभएको निगरानी गर्न स्थानीय तह सञ्चालन संयोजन समिति गठन गरेको हो ।
नेकपा (माओवादी केन्द्र जुम्लाले जुम्लाका सबै स्थानीय तहमा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । जसअन्तर्गत्त स्थानीय तह सञ्चालन संयोजन समिति गठन गरेको हो । पार्टी संयोजक नवराज न्यौपानेका अनुसार सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल संयोजक र तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया सहसंयोजक रहेको ११ सदस्यीय सञ्चालन तथा संयोजन समिति गठन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने (विमुखले) निर्वाचित जनप्रतिनिधिहरुले थप प्रभावकारी रुपमा काम गर्नका लागि हरेक पालिकाको प्रतिनिधित्व गरेर समिति गठन गरिएको बताए । उनका अनुसार समितिका सदस्यहरुमा पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकाया, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल, सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकाया, वडाध्यक्षहरु (क) विर्ख कार्की सदस्य चन्दननाथ, धनविरे रोकाया हिमा, तनजन हमाल कनकासुन्दरी सदस्य र कमल महत गुठिचौर रहेका छन् । यसैगरी माओवादी केन्द्र जुम्लाले रिक्त सचिव पदमा नविन्द्रराज शर्मालाई नियुक्त गरिएको छ ।
बुधबार सम्पन्न पार्टी प्रशिक्षण तथा बैठकमा वार्षिक कार्ययोजना समेटिएको वार्षिक क्यालेन्डर प्रकाशन गर्ने, पालिकास्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने बताइएको छ । बैठकले तीन महिने जनतासँग जनप्रतिनिधि र जनवर्गीय कार्यक्रम अन्तर्गत गुठीचौर गापा चैत्र १५ गते, चन्दननाथ नपा चैत्र १६ गते, कनकासुन्दरी गापा चैत्र १८ गते, सिंजा गापा चैत्र १८ गते, हिमा गापा चैत्र १७ गते, तिला गापा चैत्र २१ गते, तातोपानी गापा चैत्र २२ गते र पातारासी गापा चैत्र २३ गते हुने भएको छ ।
यसैगरी माओवादीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले पार्टीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले हाल सम्म सम्पादन गरेका कार्यहरु र जनताका सुझावहरु, सीमा समस्याहरु लिपीवद्ध गरी चौमासिक प्रतिवेदन चौमासिक पेश गर्नुपर्ने भएको निर्णय भएको र काम अनुसार जनप्रतिनिधिलाई प्रोत्साहन गरिने भएको छ ।
पार्टीले आफुले गरेका कामहरु पत्रकार भेटघाट गरी जानकारी दिने भएको छ । २०८० चैत २८ गते प्रदेश (क) र २९ गते प्रदेश (ख) अन्तरगत जिल्लास्थित पार्टीको नेतृत्वमा रहेका वडापालिकाहरुमा र चैत ३० गते पालिकाहरुमा एक साथ पत्रकार सम्मेलन आयोजना गरी हालसम्म सम्पन्न भएका प्रमुख कार्यहरु र भावी प्रमुख कार्यहरु सार्वजनकि गर्ने निर्णय भएको संयोजक न्यौपानेले बताए ।
यसैगरी माओवादी जुम्लाले २०८१ असार १२ गते एक साथ वडा अधिवेशनहरु सम्पन्न गर्ने र २०८० चैत २५ गतेबाट २०८१ वैशाख १५ गतेसम्म नविकरण तथा सदस्यता वितरण गरी सक्नुपर्ने छ । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले ठोस र महत्वपूर्ण काममा जोड दिनुपर्ने बताए । उनका अनुसार जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जस्ता संस्थाहरु स्थापना गरिएको बताउँदै ठोस काममा जनप्रतिनिधि लाग्नुपर्नेमा दिने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies