तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारमा आबद्ध रही संस्थाका हरेक गतिविधिहरूमा साथ दिँदै आइरहेका ५ जनालाई बारिस्टा तालिम प्रदान गरिएको छ । सल्लाहकार सदस्य जोहेव लामाको सहकार्य, व्यवस्थापन तथा प्रायोजनमा घेदुङका आजीवन सदस्यहरू कमला दोङ तामाङ, असली माया योञ्जन (प्रिया) तामाङ, शर्मिला तामाङ, मिरा तामाङ र सङ्गीता बम्जन तामाङलाई तालिम दिइएको हो ।
बारिस्टा कफी तालिममा पाँच जना ५ अप्रिल २०२४ देखि सहभागी भएका छन् । प्रत्येक साताको शुक्रबार ३ घण्टाको समयावधि रहने तालिम निरन्तर ६ हप्तासम्म चल्नेछ । संस्थामा लागेर के पाइन्छ र भन्ने विचारलाई मेटाउँदै आफ्ना समुदायको संस्थामा लाग्न र सामाजिक कार्यमा पनि लाग्न प्रेरित सँगसँगै विभिन्न सीप तथा तालिम आर्जन गरेमा सीपको आधारमा रोजगारीहरूका अवसरहरू प्राप्तसँगै आर्थिक स्तर समेत अभिवृद्धि गर्न सकिने घेदुङ कतारका अध्यक्ष विकास स्याङ्तान लामाले बताए ।
आगामी दिनमा पनि संस्थासँग समन्वय गरी संस्थामा आवद्ध सदस्यहरूलाई नै लक्षित गरी विभिन्न विधाहरूमा तालिममा सहभागी गराउने सल्लाहकार सदस्य लामाले प्रतिबद्धता व्यक्त गरेको छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies