सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिका-६ मा रहेको सुकिदह युवा क्लबले आफ्नो प्रथम अधिवेशन तथा साधरण सभा गर्ने भएको छ । "सभ्य समाज रुपान्तरणका लागि युवा, खेलकुद, कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ क्लबको प्रथम अधिवेशन तथा साधारण सभा गर्न लागिएको हो ।
प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रम चैत ३० गते शुक्रबार हुने भएकाले सम्पूर्ण परिवर्तन गाउँपालिका-६ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ४ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न युवा समूहका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, विद्यार्थीलगायतलाई उपस्थित भइदिन क्लबका अध्यक्ष गगन बुढा मगरले आग्रह गरेका छन् ।
सुकिदह युवा क्लबको प्रथम अधिवेशन तथा साधारण सभा कार्यक्रम परिवर्तन गाउँपालिका-६ को कोल्बोट नाफे रोल्पामा हुने समेत आयोजकले जानकारी दिएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies