पुर्ण कुमार/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पामा आगलागीमा परेर तीन जना बालक घाइते भएका छन् । बिहीबार दिउँसो च्याउ टिप्न गएका बेला त्रिपुरासुन्दरीको सुँ-सामुदायिक वनमा एक्कासी आगलागी हुँदा त्रिपुरासुन्दरी ४ रंगका १२ वर्षीय विवश बुढा, सोही वडाका १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकरी दिए ।
घाइते बालकहरुको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिए पनि मौसमका कारण आउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।
बालबालिकाको जिल्लामा उपचार सम्भव नभएपछि उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हेलिकप्टरका लागि पत्र लेखिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए । घटनामा एकै घरका दुई बालक परेको स्थानीयले बताएका छन् ।
घाइते बालकहरु बिदाको दिनमा वनमा गुच्छी च्याउ टिप्न गएको बेला आगोमा परेको स्थानीयले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies