काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) गतवर्ष सन् २०१९ मा वैदेशिक रोजगारीमा गएका १ सय ३ नेपाली नेपाली कामदारको ज्यान गएको छ । त्यसमा महिलाको संख्या ४ रहेको छ । उक्त मुलुकमा २ लाख ४० हजार बढी नेपाली कामदार वैधानिक रुपमा काम गरिरहेका छन् ।
यूएईस्थित नेपाली दूतावासका अनुसार गतवर्ष सडक दुर्घटनामा परेर २३ जना, प्राकृतिक रुपमा ५७ जना र आत्महत्याबाट १७ जनाको ज्यान गएको छ । बाँकी ६ जनाको कारण खुल्न सकेको छैन । अघिल्लो वर्ष सन् २०१८ मा ९८ जनाको ज्यान गएको थियो ।
अत्यधिक तातोमा खुला क्षेत्रमा काम गर्ने बाध्यता, खानपानको असन्तुलनका कारण हृदयघात तथा न्यून गुणस्तरको मादकपदार्थको अत्यधिक सेवन लगायतका कारण नेपाली कामदारको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । केही दिनअघि भएको सवारी दुर्घटनामा नेपाली महिला कामदारको मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies