बझाङ : बझाङको वित्थडचिर गाउँपालिका– ४ का ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरिएको छ । बझाङ लगायत सुदुरपश्चिम प्रदेशका हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित भएपछि उनीहरूलाई ब्ल्यांकेट वितरण गरिएको हो ।
७० वर्ष भन्दा माथिका १ सय २५ जना ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वतरण गरिएको वडासचिव उमेशराज जोशीले बताए । निरन्तर चिसोबाट प्रभावित भएका वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै वडाभित्र ब्ल्यांकेट वितरण गरिएको वडाअध्यक्ष कलक बोहराले बताए ।
‘ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा ब्ल्यांकेट वितरण गरेका हौं’, वडाअध्यक्ष बोहराले भने । ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एकपटक यस्ता कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि स्थानीय सरकार भरोसा बन्दै गएको उपाध्यक्ष धनलक्ष्मी मल्लले बताइन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य गोविन्द्र ढाँट, वडा सदस्य नरेन्द्र ढाँट र अस्मिता कुमारी चुनारा लगायत स्थानीय सरोकार राख्ने प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।