काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) को बैठकले गरेको हो ।
एनआरएनएका अनुसार, कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा हुनेछ ।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको थियो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् । अन्य व्यक्ति वा संस्थाहरुले पनि स्वेच्छाले सो कोषमा रकम जम्मा गर्न सक्नेछन् ।
एनआरएनएले यसअघि श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख रूपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies