काठमाडौं : नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा छनोट भएका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी टप १० मा स्थान बनाउन सफल भएका हुन् ।
उनले इन्स्टाग्राममार्फत् टम १० मा परेपछि आफु अत्यन्तै खुशी भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, 'हामी उत्कृष्ट १० मा पर्यौं । सुरुवातदेखिको साथका लागि धन्य छु । विश्वभरबाट पाएको मायाका लागि कति खुशी छु भन्ने शब्दमा व्याख्या गर्न सक्दिँन ।'
आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका आएका हुन् ।
कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ । गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ । पोखरेलको भोटिङ कोड १६ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies