एजेन्सी : कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्लूएचओले चीनमा अनुसन्धान टोली पठाउने भएको छ । डब्लुएचओको टोली आगामी हप्ता चीन जाने भएको हो । टोलीले चीनमा रहदा विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पन्न भएको थियो भनेर खोजी गर्नेछ ।
टोलीमा को–को रहनेछन भनेर डब्लुएचओले खु्लाएको छैन । भाइरस बिरुद्ध लड्न यो कहाँबाट आयो भन्ने बुझ्न जरुरी रहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्मको कोरोना भाइरस चीनको वुहान बजारस्थित मासु बजारबाट उत्पन्न भएको अनुमान गरिएको छ ।
बैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । अमेरिकाले चीनले भाइरस फैल्याएको आरोप लगाउदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies