२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको उम्मेदवारी

Nada
२०८३ असोज २० गते १६:३५
Shares
कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको उम्मेदवारी

काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

ncell

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत महर्जनले राष्ट्रिय सभागृह पुगेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

महर्जनले यसअघि नै स्थानीय तहमा काम गर्दा हासिल गरेको ज्ञान, सीप र अनुभव पार्टीमार्फत अन्य स्थानीय जनप्रतिनिधिसम्म पुर्‍याउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर