काठमाडौं : यस वर्ष प्रणय दिवस (भ्यालेनटाइन्स डे) मा ४ लाख २५ हजार स्टिक गुलाफ खपत हुने अनुमान गरिएको छ । १४ फेब्रुअरीमा ‘भ्यालेनटाइन्स डे’ मनाइन्छ ।
प्रणय दिवसमा काठमाडौं उपत्यकाभित्र २ लाख ५५ हजार स्टिक र उपत्यकाबाहिर १ लाख ७० हजार खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको आकलन छ । गत वर्ष प्रणय दिवसमा ४ लाख १२ हजार वटा स्टिक गुलाब खपत भएको थियो ।
पछिल्लो समय नेपालमा पनि प्रणय दिवस मनाउँदै आएकाले गुलाफको खपत बर्सेनि बढ्दै गएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार २०७६ को प्रणय दिवसमा २ लाख वटा मात्रै गुलाब खपत भएको थियो । यस्तै, २०७७ मा कोभिडका कारण गुलाबको खपत घटेको थियो भने २०७७ मा १ लाख ८० हजार वटा खपत भएको थियो । तर २०७८ मा एसोसिएसनले अनुमान गरेको भन्दा कम गुलाब खपत भएको थियो ।