२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १९:५९
प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ

काठमाडौं : ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरीले नेता जोशीलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गत २४ माघ गते राति ठमेलमा ड्यूटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट भएको थियो । सो घटनापछि जोशी फरार थिए ।

घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थियो । तर उनलाई चाहिँ उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

उक्त घटनामा यसअघि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise