२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ फागुन २५ गते १३:२२
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

इलामः इलाम नगरपालिका-९ सेराबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरूम्बा बस्ने २२ वर्षीय रोशन लिम्बु र २२ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आँउदै गरेको मे.१ च ४५२५ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँ ठाडो बाटोबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६० ट्याब्लेटसहित सोही ठाँउ बस्ने काभ्रे घर भएका २१ वर्षीय सुशिल बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका-८ देबकोटबाट पनि अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ३० ग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देबकोटबाट मेनरोडतर्फ आँउदै गरेको ग.६ प ४५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका-१५ ब्रहमचोकबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलो ५ सय ९० ग्राम र मोबाइल २ थानसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-२ भवानीपुर घर भएका २३ वर्षीय लडु राम, पर्सा बिन्दवास्नी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका-११ बस्ने २३ वर्षीय रवी चौधरी रहेका छन् । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise