२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

गौर भन्सारमा कृषि क्वारेन्टाइन नहुँदा समस्या

hardik ivf
प्रेमचन्द्र झा
२०८१ फागुन ४ गते २२:२२
गौर भन्सारमा कृषि क्वारेन्टाइन नहुँदा समस्या

रौतहट : कृषि क्वारेन्टाइनको अभाव हुँदा गौर भन्सारबाट सामान भित्र्याउन व्यापारीलाई असहज भएको छ । 

भन्सार कार्यालयका कर्मचारीलाई सधैँभरी काम दिन पनि कृषि  क्वारेन्टाइन आवश्यक रहेको गौर भन्सार प्रमुख अमरेन्द्र सिंहले बताए । पछिल्लो ६ महिनामा कोइला तथा  टायल्स मार्बलसहितको अन्य निर्माण सामग्रीको आयात भइरहेकाले लक्ष्य भन्दा बढी नै राजस्व संकलन भएको प्रमुख सिंहले बताए । गौरमा भन्सार कार्यालय २०३३ सालमा स्थापना भएको हो । 

गौरको तुलनामा २०३७ सालमा स्थापना भएको मलंगवा भन्सार कार्यालयमा कृषि क्वारेन्टाइन छ, तर गौरमा यसको आवश्यकता हुँदाहुँदै पनि बन्न सकेको छैन । 

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले आफुहरु यसका लागि सर्वदलिय, सर्वपक्षीय भेला गरेर सम्बन्धित निकायसँग माग गरेपनि हालसम्म सुनुवाइ नभएको बताए । 

क्वारेन्टाइनका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत हरेक सहयोग गर्न तयार रहेको उनले बताए । वीरगन्ज र मलंगवा भन्सारको तुलनामा भारतको सितामढी, मुजफ्फरपुर, मोतिहारी, सीमान, चकिया, बेतियाबाट समान ल्याउन गौर भन्सार नाका छोटो तथा कम भिडभाड हुने हुँदा छिटोछरितो सामान आयात गर्न सकिने गौर भन्सारका एजेन्ट कौशल साह कानुले बताए । 

कृषि मन्त्रालयमा पटक–पटक आग्रह गर्दा कुनै सुनुवाइ नभएको कारण क्वारेन्टाइन स्थापना हुन नसकेको हो ।

क्वारेन्टाइनलाई आवश्यक सबै संरचना पुगेका छन् । यसैगरी  गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संलन गर्न सफल भएको छ । 

कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार राजस्व संकलन गर्न सफल भएको गौर भन्सार कार्यालयका  प्रमुख  सिंहले बताए ।

भन्सार विभागले आव २०८१/८२ का लागि  ३५ करोड ४३ लाख ७८ हजार राजस्व संकलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार संकलन गरेको उनले बताए ।

यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए । यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार संकलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भएको हो । 

ADV

सम्बन्धित खबर

Advertise