काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।