काठमाडौं : पछिल्लो एकै दिन ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।
यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १ सय ५६ जना संक्रमित थपिएका थिए । पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई उछिनी रहेको छ । भारतमा बुधबार नौ सय ५० जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय नाघेको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९५ हजार ४ सय ७१ पुगेको छ । १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ८६ हजार तीन सय नाघेको छ । संक्रमणको कारण सात लाख ५१ हजार पाँच सय ५५ जनाको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies