काठमाडौं : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भू-उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय पनि गरेका छन् ।
भू-उपयोग नियमावली बाधक बन्धा विद्युत लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै उनले यस्तो निर्णय गरिएको बताए । उनले भू-उपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको भन्दै उक्त निर्णय गरेको उनको भनाइ छ । उनले सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न आफू लागिपर्ने पनि बताए । सरकारले भू-उपयोगसम्बन्धी केन्द्रिकृत शासन प्रणालीबाट हटाएर स्थानीय तहलाई जिम्मेवारी दिने घोषणा पनि गरे ।
मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।