२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ जरुरीः दीपक मल्होत्रा

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते ११:२५
निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ जरुरीः दीपक मल्होत्रा

काठमाडौंः नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन् । उनले अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गरे । सरकारले  पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक रहेको बताउँदै उनले अहिलेको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताए ।

आर्थिक पत्रकार संघले आज राजधानीमा गरेको कार्यक्रममा मल्होत्राले भने, ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ । दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’

११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएका र नेपालको जनशक्ति घट्दो अवस्थामा रहेको बताए । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले  पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको समेत बताए ।  

ADV

सम्बन्धित खबर

Advertise