सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा अवैध ओसार पोसारमा संलग्न १ ट्रक सहित २९ लाख मूल्य बराबरको अवैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियामा ना ४ ख ४६२५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा ४२० बोरा मटर (केराउ) फेला पारी सोधपुछ गर्दा मटरसँग सम्बन्धित कुनै पनि कागज पत्र फेला नपरेकोले ट्रक चालक सहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
करिब १६ लाख ८० हजार मूल्य बराबरको मटर (केराउ) र १० लाख मूल्य बराबरको ट्रक ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो । यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. २ चाँदनी चोकबाट ८४ हजार मुल्य बराबरको मटर (केराउ) ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणा लिएको छ ।
त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ४ बाईपासबाट बेवारिसे अवस्थाका करिब ५० हजार मुल्य बराबरको मटर (केराउ) जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइएको छ ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरमा मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ अवैधरुपमा लैजादै गर्दा करिब ४४ हजार मुल्य बराबरको १९ बोरा मटर (केराउ) सीमा प्रहरी चोकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
साथै रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट करिब ५४ हजार मूल्य बराबरको १४ बोरा मटर (केराउ) १३ हजार मूल्य बराबरको २२० पिस सेण्डो भेष्ट र ८ हजार मूल्य बराबरको ६ वटा सानो ग्याँस सिलिण्डर र ग्याँस चुलोमा प्रयोग हुने सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । ट्रक चालकसहित नियन्त्रणमा लिइएका ट्रक, केराउ र अन्य मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies