काठमाडौं : पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका–५ ठाडिघाटस्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । ईटा बोकेर सुस्तातर्फ जाँदै गरेको डुङ्गा पल्टिँदा भारत उत्तर प्रदेशको महराजगन्जका २८ वर्षीय सतरु मुसहर बेपत्ता भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाका अनुसार डुङ्गामा रहेका बाँकी ६ जना भने पौडेर सकुशल बाहिर निस्किएका थिए । डुंगा सुस्तास्थित जनता आवासकोे भवन निर्माणका लागि ठाडिघाटबाट ईटा बोकेर ँजाने क्रममा दुर्घटनामा परेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies