काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिएकी छिन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पाउँछिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies