काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारका नाममा ठगी व्यापकरुपमा बढेको बताए । ठगीको तरिका डरलाग्दो रहेको भन्दै महानिर्देशक दाहालले ठगी संस्थागत र व्यक्तिगत दुवै स्वरुपमा देखिएको जानकारी दिए ।
आकर्षक तलव र सुविधाको प्रलोभनमा अनावश्यकरुपमा ठूलो रकम उठाएको गुनासो आएका कारण मंगलबार एउटा म्यानपावर कम्पनीको कार्यालय बन्द ‘सिल’ गर्नुपर्ने अवस्था आएको जानकारी दिँदै उनले विकृतिको चाँङ रहेको टिप्पणी गरे ।
महानिर्देशक दाहालले सुरक्षागार्ड पठाउने भनेर अन्तर्राष्ट्रिय मानव तस्करीको डरलाग्दो अवस्था देखिएको जानकारी दिए ।
व्यक्तिगतरुपमा कोही दिल्ली, कोही थाईल्याण्ड र कोही क्रोएसियामा बसेर ठगेको भन्दै विभिन्न देशमा सञ्जाल बनाएर ठगी गर्ने घटना बढेको पनि उनले बताए ।
मानव तस्करीको समस्या पेचिलो बनिरहेको भन्दै महानिर्देशक दाहालले त्यसलाई कहाँबाट रोक्ने समस्या देखिएको उल्लेख गरे । उनले भने, ‘भारत रोक्दा श्रीलंका र बंगलादेशबाट उडेका छन् । नियमित र अनियमित बराबर रहेका छन् । घाना तान्जनिया लेवनान, इराक र इरानमा नेपालीहरु फसेका छन् । उनीहरुलाई उद्धार गर्न सरकारले विशेष निर्णय गर्नुपर्ने अवस्था छ । बेलायतको सुरक्षागार्डका लागि २ करोड २९ लाख उठाएको उजुरी विभागमा आएको छ ।’
महानिर्देशक दाहालले ठगीका समस्या रोक्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि भुमिका खेल्नपर्नेमा जोड दिए । महानिर्देशक दाहालले उजुरीका चारसय फाईल आएको भन्दै लकडाउनपछिको तीन महिनामा (साउनपछि) ठगीमा परेका कामदाहरुलाई ६ करोडको भुक्तानी दिएको र ठगीको उजुरी परेका ५५ जना व्यक्तिविरुद्ध पक्राउपुर्जी जारी गरेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies