सहबान अन्सारी / मध्यान्ह
नवलपरासी,२९ कार्तिक । नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाबाट भारत , महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षीय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अारोपीको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले पुजारीको हत्या आफु स्वयंले गरेको मौखिक बयानबाट खुल्न आएकोले मौर्यलाई अदालतबाट म्याद थप गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही पश्चिम टाँडी बस्ने ७२ बर्षीय पुजारी मुहँगु केवट मृत अवस्थामा भेटिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies