काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी देखाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आज ट्वीट गर्दै उनले ओलीलाई राष्ट्रवादी ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका हुन् । ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न यस्तो हल्ला चलाइएको भट्टराईको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजलाई दिएको अन्तर्वार्ताको चर्चालाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । जनता समाजवादी पार्टी नेपालका नेता समेत रहेका नेता भट्टराईले देशी विदेशी शक्तिकेन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झै ओलीलाई चित्रण गर्न खोजेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाईं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाइने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । ओलीलाई राष्ट्रवादी देखाउदै देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाइने षड्यन्त्र भएको उनको दावी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies