२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

जनता समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

shivam cement
मध्यान्ह
२०८१ असार २१ गते १९:२३
जनता समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवम् सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

जनता समाजवादी पार्टीले यसअघि संघीय संसद सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । 

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।  

ADV

सम्बन्धित खबर

Advertise