२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : भण्डारी

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते १७:१८
एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा हुने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता जनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराष्ट्रपति एवं एमाले नेतृ भण्डारीले केन्द्रिय कमिटीको निर्णयमा भर पर्ने बताइन् ।

प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी बोलाउँछ केन्द्रीय कमिटीले भन्नेकुरामा निर्भर रहने उनको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेबाट अब पुनः सक्रिय भएर देशको सेवा गर्ने अठोट लिएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताइन् । उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पारिन् । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको उनको भनाइ थियो ।

२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । फाउण्डेशनले मदन भण्डारीको ७५औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने पनि बताएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise