२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्यो : एमाले सांसद गिरी

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते १४:४५
सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्यो : एमाले सांसद गिरी

काठमाडौं : नेकपा एमालेका सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन् ।

उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समिक्षा गर्नुपर्ने बेला भएको बताए । उनले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौती दिन थालेकोतर्फ सचेत गराए ।

उनले भने, ‘हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपथ्र्यो हामीले त्यस्तो काम गर्न सकेका छैनौं । यो सत्य हो । यसमा सिंगो सदनले आत्मसमिक्षा गरौं । देशमा विद्यमान राजनीतिक दलहरु पनि यसमा समिक्षा गरौं । हामीले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्यायौं । सकरार परिवर्तनहरु गर्‍यौं । तर हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ । हामीले ल्याएका परिवर्तनहरुलाई पनि चुनौती दिने अवस्थाहरु सिर्जना भएका छन् । यसबारे सरकार र सबै पार्टीहरुले जिम्मेवारपूर्वक सोच्नुपर्छ भन्ने म ठान्दछु ।’

जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise