काठमाडौं : कुवेतले केही समयभित्र घरेलु कामदारका ८० हजार भिसा जारी गर्ने भएको छ । नेपालमा प्रतिनिधिसभा विघटन जस्तै कुवेतमा यतिबेला घरेलु कामदारको अभाव राष्ट्रिय बहसको विषय बनिरहेको छ । कुवेतीहरुले विगत दश महिनादेखि घरेलु कामदारको नयाँ भिसा जारी नगरेको भन्दै सरकारलाई आलोचनाले घेरेका छन् ।
स्थानीय अलजरिदा दैनिकले रमादान नजिकिँदै गरेका कारण घरेलु कामदारको अभाव चर्किने आंकलन गरेको छ । कुवेतले नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट नयाँ घरेलु कामदार लैजान अनुमति दिएको छ । तर स्थानीय कुवेतीहरुले तत्काल ईथियोपियाबाट पनि घरेलु कामदार ल्याउन पाउने गरी अनुमति दिन आग्रह गरेका छन् ।
श्रीलंकाले जनवरी २८ तारेखमा पहिलो उडानबाट कामदार पठाउने भएको छ । दोश्रो उडानका लागि बंगलादेश र नेपालको नाम छनोट भएको छ । तर नेपालले श्रम स्वकिृति रोकेका कारण उक्त मितिमा बंगलादेशबाट मात्रै घरेलु कामदार कुवेत जाने छन् । कुवेतले नेपालसहित घरेलु कामदार लैजाँदा ट्रान्जिट हुँदै जानुपर्दा समस्या भएपछि कुवेतले नेपालसहित पाँच मुलुकबाट सिधा उडानको अनुमतिसमेत दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies