काठमाडौं : सप्तरीको राजविराजस्थित एक आईएमईका संचालकले वैदेशिक रोजगारीबाट पठाएको रकम झिकेर सम्पर्कविहीन भएपछि आश्रित परिवारको विचल्ली भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा गजेन्द्र चोकमा कपडा पसलसँगै आईएमईसमेत संचालन गरी बसेका संचालकद्वय संजय सिन्धी र सुनिल सिन्धीविरुद्ध ठगीको उजुरीको ओइरो लागेको छ ।
आईएमई संचालक सिन्धीद्वय एकै घरका दाजुभाइ भएको बताएइको छ । सिन्धी दाजुभाइ अफिस र पसल दुबै बन्द गरेर फरार भएको चार दिनपछि पीडितहरु उजुरी लिएर प्रहरीसमक्ष पुगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले शुक्रबारसम्ममा करिब डेढ दर्जन पीडितले झण्डै २० करोड रुपैयाँको दाबी लिएर उजुरी दिएको सञ्चारकर्मीहरुलाई बताएका छन् ।
प्रहरीले आरोपीहरुले आफ्नो परिवारसहितको नाममा रहेको सबै सम्पत्ति समेत गोप्यरुपमा दोहोरो बैना गरी विभिन्न व्यक्तिहरुबाट रकम बुझेको र आईएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ । विदेशबाट पठाएको रकम एकै पटक पुरै नदिई खाता खोलेर राखिदिन्छौं समेत भनेर ठगेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies