२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

नवलपरासी कांग्रेसले गर्‍यो केन्द्रीय सदस्य कँडेललाई कारवाही

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १६:००
नवलपरासी कांग्रेसले गर्‍यो केन्द्रीय सदस्य कँडेललाई कारवाही

परासी : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल कारबाहीमा परेपछि पश्चिम नवलपरासी कांग्रेसमा 
भाँडभैलो मच्चिएको छ ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीलाई चुनावमा असहयोग गरेको आरोपमा चौधरीकै उजुरीका आधारमा खनाललाई केन्द्रीय अनुशासन समितिले कारबाही गरेको हो । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि प्रतिशोध राखेर कारबाहीमा सहयोग गरेको भन्दै खनाल पक्षका नेता कार्यकर्ताले कारबाही तत्काल फुकुवा गर्न माग गरेका छन् । चौधरी र कँडेल पक्षधरका कार्यकर्ता र नेताले भने कारबाही स्वाभाविक भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्दै आइरहेका छन् ।

असार २५ गते प्रदेश महामन्त्री खनाललाई अनुशासन समितिले कारबाही गरेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई आगामी पाँच वर्षका लागि जिल्लाबाट कारबाही गरेर केन्द्रमा पत्र पठाउने निर्णय गरेको छ ।

एक पक्षको कारबाहीविरुद्ध अर्को पक्ष पनि कारबाहीमा उत्रिएपछि जिल्लामा कांग्रेस कार्यकर्ताबीच निराशा र नेताहरू एकअर्काको पक्षमा खरो रूपमा उत्रन थालेका छन् ।

प्रदेश महामन्त्री खनालले कारबाही हुने सूचना पाउनुअगाडि र कारबाही भएपछि दुई पटकसम्म पत्रकार सम्मेलन गरेर आफूविरुद्ध षड्यन्त्र गरेको र पार्टी हुकुमी शैली र पैसावालाको पक्षमा लागेको आरोप लगाएका छन् । 

बिहीबार बर्दघाटमा भएको उनको पत्रकार सम्मेलनपछि जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवको अध्यक्षतामा बैठक बसेको थियो । केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि निष्कासन गरिएको जिल्ला कार्यसमितिका प्रवक्ता राधेश्याम पाठकले बताए ।

केन्द्रीय समिति बैठकमा सांसद चौधरी र शेखर कोइरालाबीच यही कारबाहीको विषयमा पनि सवालजवाफ भएको थियो । खनाल कोइराला र चौधरी, कँडेल देउवा निकट मानिन्छन् ।

कांग्रेस केन्द्रीय सदस्य कँडेलले चुनावको समयमा गरेको असहयोग र घातको अडियो, भिडियो प्रमाणसहित अनुशासन समितिमा उजुरी परेपछि कारबाही भएकाले यसलाई स्वाभाविक मान्नुपर्ने बताए । ‘खनालविरुद्ध प्रमाण सहित उजुरी परेपछि केन्द्रले कारबाही गरेको हो,’ कँडेलले भने, ‘अहिले सुन्दै छु, मलाई जिल्लाले कारबाही गरेको छ भनेर । यस्तो हास्यास्पद कुरो कहीँ हुन्छ । गल्ती गर्ने सिपाहीलाई एसपीले कारबाही ग¥यो भने सिपाहीले एसपीलाई मैले पनि कारवाही गरेँ भन्न मिल्छ । अनुशासनबाहिर जाने सबैलाई कारवाही हुन्छ ।’

कारबाही तत्काल फुकुवा हुनुपर्ने मागसहित शुक्रबार खनाल पक्षका नेता कार्यकर्ताले सदरमुकाम परासीमा विरोध जुलुस निकालेका छन् ।

जिल्लामा विक्रम खनाल र देवेन्द्रराज कँडेल समूह सक्रिय छ । एक पक्षले अर्को पक्षका उम्मेदवारलाई स्थानीय, प्रदेश र केन्द्रीय चुनावमा हराउन भूमिका खेलेको भन्दै दुवै पक्षले केन्द्रमा उजुरी दिए पनि शेखर कोइराला पक्षका नेता कार्यकर्तालाई मात्र गरिएको कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै समूहका नेता कार्यकर्ताले असन्तुष्टि राख्दै आएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise